जारी लकडाउनलाई नै निरन्तरता दिन उच्च स्तरीय समितिले गर्यो सिफारिस, मन्त्रीपरिषदले भोली निर्णय गर्ने

जारी लकडाउनलाई नै निरन्तरता दिन उच्च स्तरीय समितिले गर्यो सिफारिस, मन्त्रीपरिषदले भोली निर्णय गर्ने

काठमाण्डौं २३ बैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताए ।
लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ,- बैठकपछि सचिव बिडारीले भने ।

नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल सचिव बिडारीले बताए । मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उनले भने, ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ ।
लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौं भन्ने निष्कर्ष बैठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।



ट्रेन्डिङ