मलेसियामा कार्यरत तेह्रथुमका बुद्धिमान खापुङको मृत्यु / शव नेपाल ल्याउन समस्या

मलेसियामा कार्यरत तेह्रथुमका बुद्धिमान खापुङको मृत्यु / शव नेपाल ल्याउन समस्या

आरएन चौधरी थारु/पिविएम न्यूज 
क्वालालम्पुर ( मलेसिया ) २३ बैशाख । मलेसियामा कार्यरत तेह्रथुम जिल्ला निवासी नेपाली बुद्धिमान खापुङको मृत्यु भएको छ। बिगत १२ बर्षदेखी मलेसियाको जोहोरबारु राज्यको मासाई भन्ने ठाउँ नजिकै पान्डानमा बसेर ब्यापार, ब्यवसाय गर्दै आइरहेका खापुङको सोमवार राती मृत्युभएको नेपाली ब्यवसायी राजेन्द्र खापुङले जानकारी दिए ।
उनी सो क्षेत्रमा नेपाली रेष्टुरेन्ट संचालन गर्दै आएका थिए ।

राजेन्द्रले बताए अनुसार बुद्धिमान मलेसिया आएको लगभग २४ बर्ष भयो । लामो समयदेखि उनी विरामी थिए । पायल्स,सुगर, मुटु रोग लगायतबाट रोगवाट ग्रसित थिए । विरामी खापुङलाई उपचार गराउनका लागी नेपाल पठाउने तयारी गरिएपनि लड डाउनका कारण नेपाल पठाउन नसकिएको मलेसियामा रहेका व्यवसायीहरुले बताए ।

मृतक बुद्धिमान खापुङ अबैधानिक रुपमा मलेसियामा बस्दै आएका थिए । उनको शवको पोष्टमार्टम गर्न समस्या परेको छ । पुलिस रिपोर्ट बनाई सकिएर मृतकको परिवारको सल्लाह अनुसार , कानुनी प्रक्रिया पूरा गरेर यतै मलेसियामै अन्तिम दाहसंस्कार गर्ने कि शवलाई नेपाल पठाउने भन्ने बारे छलफल भैइरहेको बताइएको छ।

कोरोना भाइरस नियन्त्रण गर्न अहिले मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनको कारण हवाईयात्रा पूर्ण रुपमा बन्द रहेकोले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कैयौं नेपाली श्रमिकहरुको मृत शव बिदेशमै अलपत्र अवस्थामा रहेका छ्न । नेपाल फर्काउन पाइएको छैन।



ट्रेन्डिङ