एकाविहानै दाहाल र ओलीबीच भेटवार्ता, सचिवालय बैठकको निर्णय कार्यान्वयनका बारे छलफल

एकाविहानै दाहाल र ओलीबीच भेटवार्ता, सचिवालय बैठकको निर्णय कार्यान्वयनका बारे छलफल

काठमाडौं २३ बैशाख । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा सचिवालय बैठकमा भएको सहमतिअनुसार अगाडि बढ्ने विषयमा छलफल भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले एक व्यक्ति एक पदको अवधारणामा फेरि असहमति जनाएको स्रोतले जानकारी दियो । त्यहीँ विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका थिए । भोलिको सचिवालय र पर्सिको स्थायी कमिटी बैठकका विषयमासमेत छलफल भएको छ । नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकका एजेण्डा तयार गर्दैछन् । प्रचण्डलाई एजेण्डा तयार गर्न महासचिव विष्णु पौडेलले सहयोग गरिरहेका छन् ।



ट्रेन्डिङ