नेपालमा थप सात जना कोरोना संक्रमित थपिए / संक्रमितको संख्या ८२ पुग्यो

नेपालमा थप सात जना कोरोना संक्रमित थपिए / संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं २३ बैशाख । नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।



ट्रेन्डिङ