चितवन प्रशासनले अन्य जिल्लामा जान पास वितरण बन्द गर्यो

चितवन प्रशासनले अन्य जिल्लामा जान पास वितरण बन्द गर्यो

चितवन , २२ बैशाख । नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै जानथालेपछि चितवन प्रशासनले पास वितरण बन्द गरेको छ । प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै चितवन बाहिर अन्य जिल्ला जानको लागि पाँस नदिने जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन सरकारले जारी लकडाउनलाई थप प्रभावकारी बनाउन बाहिरी जिल्ला जानको लागि पाँस जारी नहुने जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।
जिल्लाभित्रको लागि समेत अनावश्यक रुपमा इ पासको लागि आवेदन नदिन समेत आग्रह गरेका छन् । प्रशासनले मुख्यत मृत्यु संस्कार र अतिआवश्यक प्रकृतिको उपचार प्रयोजनको लागि मात्रै पाँस उपलब्ध गराउने गरेको छ ।



ट्रेन्डिङ