अवस्था अनुसार लडकडाउन खुकुलो बनाउने तयारी / काठमाण्डौं तत्कालका लागि नखोल्ने

अवस्था अनुसार लडकडाउन खुकुलो बनाउने तयारी / काठमाण्डौं तत्कालका लागि नखोल्ने

काठमाण्डौं २२ बैशाख । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समिति बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको खाका तयार गर्न निर्देशन गरेको छ।

सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ । ‘बैठकले भोलि समितिमा खाका पेश गर्न ती मन्त्रालयलाई भनेको छ। सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश गरिनेछ ।

अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउने र कडा बनाउने तयारी गरे पनि तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’मै राखिने ती बैठकमा सहभागी एकमन्त्री जानकारी दिए ।

‘लकडाउन खुकुलो बनाउने तयारी छ। ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने छ। यद्यपी काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने बारे छलफल भएको छ ।



ट्रेन्डिङ