सिरहामा राहत वितरणका विषयमा झडप, डीएसपीसहित ५ घाइते

सिरहामा राहत वितरणका विषयमा झडप, डीएसपीसहित ५  घाइते

सिरहा २२ बैशाख । सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घाइतेहरूको मिर्चैयास्थित १ अस्पतालमा उपचार भइरहेको छ । सिरहाको मिर्चैया नगरपालिका( ७ स्थित फूलबरियामा वडा अध्यक्ष रामकुमार यादवको नेतृत्वमा पुगेको प्रहरी टोलीमाथि राहत लिन पुगेकाहरूले ढुंगामुढा गर्न थालेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेर्दीले जानकारी दिए ।

यता, लकडाउनबाट समस्यामा परेका गरिब, विपन्नलाई कुनै वास्ता नगरी वडा अध्यक्षले आफ्नो नजिकका व्यक्तिलाई मात्र राहत बाँडेको भन्दै विवाद भएको एक प्रत्यक्षदर्शीले बताए । मिर्चैया– ७ का वडाअध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरेको असन्तुष्ट पक्षको आरोप छ ।



ट्रेन्डिङ