लड डाउनका कारण बजार नपाएपछि उत्पादन भएको तरकारी गाईभैसीलाई

लड डाउनका कारण बजार नपाएपछि उत्पादन भएको तरकारी गाईभैसीलाई

मनोज चौधरी / विपिएम न्यूज 

भरतपुर २२ बैशाख । लकडाउनका कारण खेतवारीमा उत्पादन भएको तरकारी बजार सम्म पुर्याउन नसकेपछि उत्पादन भएको तरकारी धमाधम गाईभैसीलाई खुवाउन थालिएको छ ।  भरतपुर महानगरपालिकाको वडा नं. २५ शुक्रनगरका भोजराम महतोले चार विगहा क्षेत्रफलमा लगाएको व्यवसायिक तरकारीले आफ्नो दैनिकी उकासिनेमा आशावादी थिए ।

तर खेतवारीमा राम्रो तरकारी उत्पादन भएपनि डक डाउनले बजार सम्म तरकारी लैजान नसकेपछि सबै आशाहरु खेर गएका छन् ।  खेतवारीमा उत्पादन भएको काक्रो, गोलभेडा, बोडी लगायतका तरकारी गाई भैसीलाई खुवाउने गरिएको बताए ।  भोजराम जस्तै यहाँका सयौं किसानहरु लकडाउनको चपेटामा परेका छन् । सबैको खेतवारीमा राम्रो फसल उत्पादन भएपनि बजारको अभावले उत्पादन भएको तरकारी यतिकै फाल्नुपर्ने बाध्यता छ ।

यो पनि पढ्नुहोला ।

तरकारीले बजार नपाएपछि उत्पादन भैसीलाई खुवारहेकोछु – अन्तरवार्ता



ट्रेन्डिङ