लकडाउनको स्वरुप परिवर्तन गर्न उच्चस्तरीय समितिको बैठक सुरु

लकडाउनको स्वरुप परिवर्तन गर्न उच्चस्तरीय समितिको बैठक सुरु

काठमाडौं २२ बैशाख । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउनको स्वरुप परिवर्तनका विषयमा छलफल गर्न कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।

आउँदो २५ गते लकडाउन सकिने भएकाले अबको मोडालिटीका विषयमा समितिमा आज छलफल सुरु भएको हो । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले लकडाउनको समिक्षा र अब गरिने लकडाउनको मोडालिटीमा छलफल हुने जानकारी दिए ।

सरकारले कोरोना संक्रमणको जोखिमलाई हेरेर विभिन्न चार समूह विभाजन गरेर लकडाउन लम्बाउने तयारी गरेको छ ।



ट्रेन्डिङ