सांसद अपहरणकाण्ड – ‘बाबुराम र आङकाजी’लाई सांसद यादव अपहरणको आरोप

सांसद अपहरणकाण्ड – ‘बाबुराम र आङकाजी’लाई सांसद यादव अपहरणको आरोप

काठमाडौं २२ बैशाख । नेकपाका सांसदहरु र एक पूर्वआइजीपीले सांसद सुरेन्द्र यादवलाई जनता समाजवादी पार्टीकै नेताहरुले अपहरण गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गर्दै ती सांसद र पूर्वआइजीले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र आङकाजी शेर्पाले सांसद यादवलाई अपहरण गरेको आरोप लगाएका हुन् । नेकपाका सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजीपी सर्वेन्द्र खनालले आयोगमा दिएको उजुरीमा भट्टराई र शेर्पाले शरीर बन्दक बनाएकाले अनुसन्धान तहकिकता गरी कारवाहीका लागि निर्देशन गर्न माग गरेको छ ।

साथै, उजुरीमा सो विषयमा जनता समाजवादीका सांसदद्वय उमाशंकर अरगरिया र कौशल यादवलाई सत्यतथ्य सबैकुरा जानकारी भएपनि सत्य घटनालाई गुमराहमा राखेको भन्दै उनीहरुमाथि पनि छानविन गर्न निर्देशनको माग गरेको छ ।



ट्रेन्डिङ