चितवनकी कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजिटिभ

चितवनकी कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजिटिभ

चितवन २२ पूर्वी चितवनकी कोरोना संक्रमित महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनसार हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट फेरि पनि पोजिटिभ देखिएको हो । कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनीसँगै सङ्क्रमण देखिएका २७ वर्षीय युवक भने अस्पतालको क्वारेन्टाइन कक्षमा नै छन् ।

३ वैशाख गरिएको र्‍यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शंकास्पद देखिएपछि ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुवै जनामा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि ५ वैशाख राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो ।



ट्रेन्डिङ