पूर्वी चितवनमा ट्रकको ठक्करवाट एकजनाको मृत्यु

पूर्वी चितवनमा ट्रकको ठक्करवाट एकजनाको मृत्यु

खैरहनी २१,बैशाख । पूर्वीचितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा ट्रकको ठक्करबाट एकजनाको मृत्युभएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक रहेका छन् ।

आज साँझ ७ः३५ बजेको समयमा भण्डाराबाट टाँडीतर्फ आउँदै गरेको ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका खैरहनी नगरपालिका–८ बस्ने ६४ वर्षीय कुलानन्द भण्डारीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा राती ८ः२० बजेको समयमा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।



ट्रेन्डिङ