नेकपा सचिवालय बैठक सुरु, ओली प्रचण्डको कुर्सीको नयाँ व्यवस्थापन

नेकपा सचिवालय बैठक सुरु, ओली प्रचण्डको कुर्सीको नयाँ व्यवस्थापन

काठमाडौं, २० वैशाख । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी सँगसँगै राखिएको छ । प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएसँगै दुवै अध्यक्षको कुर्सी सँगसँगै थियो । तर, प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेपछि अलगै बस्दै आएका थिए ।

Image may contain: 1 person, sitting, table and indoor

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक सुरु भएको फेसबुकबाट जानकारी दिएका छन् । उनले फेसबुकमा सचिवालय बैठकको तस्बिर राख्दै नयाँ बसाइको व्यवस्थापनका साथ भन्ने उल्लेख गरेका छन् । उनले फरक तीन तस्वीर फेसबुकमा राख्दै ‘नेकपा सचिवालय बैठक,  नयाँ बसाइको व्यवस्थापन साथ’ क्याप्सन लेखेका छन् ।

पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी बैठक आह्वान गर्नेनगर्नेलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन् ।

Image may contain: one or more people, people sitting, table and indoor

बुधबार बसेको नेकपा सचिवालयको – तस्वीर

Image may contain: table and indoor



ट्रेन्डिङ