लकडाउनकाबीच मलेसियन प्रहरीले विदेशी कामदारलाई धरपकड गर्दै पक्राउ गर्न थाल्यो / दुई नेपाली पक्राउ

लकडाउनकाबीच मलेसियन प्रहरीले विदेशी कामदारलाई धरपकड गर्दै पक्राउ गर्न थाल्यो / दुई नेपाली पक्राउ

आरएन चौधरी थारु
क्वालालम्पुर २० बैशाख । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लडक डाउनको अवधिमा मलेसियन प्रहरीले विदेशी कामरदारलाई धरपकड गर्दै पक्राउ गर्न थालेको छ ।

मलेसिया अध्यागमन बिभागका प्रहरी प्रशासन आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । मेय १ तारिख शुक्रबार हिजो विश्व श्रमिक दिवसकै दिन प्रायगरी बिदेशी कामदार बस्ने क्षेत्रमा प्रहरीले धरपकडलाई तीब्रता बनाएको छ ।

मेनारा सिटी वान नामक अपार्टमेन्ट लगायत अन्य तीन ठुला भवनहरुमा स्टिंग अपरेसन गरि सयौं जना विदेशी मजदुरलाई पक्राउ गरिएको स्थानीय सञ्चार माध्यम फ्रि(मलेसिया टुडेले उल्लेख गरेको छ ।

 

सोही क्षेत्रमा बस्ने एक िविदेशी कामदारका अनुसार मलेसियाका पुलिस र अध्यागमन कर्मचारीले बिहान करिब ११बजेको समयमा अपरिचित प्रवासीहरूको खोजीमा “पूरै जालान मस्जिद ईन्डिया” मा छापा मारेका थिए।
तिनीहरूले धेरै मानिसहरूलाई समातेर लगेको उनले बताए । सुराकीको आधारमा उनीहरुलाई धरपकड गर्दै पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धेरैजसो भिसा सकिएर बसेकाहरू छने । पक्राउ परेकाहरु बङ्गलादेश, इन्डोनेसिया, पाकिस्तान लगायतका देशका नागरिकहरु हुन ।
प्रहरीको धरपकडमा कागजातविहिन विदेशी कामदारलाई मात्र लक्षित गरिएको छैन । वैधानिक हैसियतमा बसिरहेका विदेशी कामदारलाई पनि पक्राउ गर्न थालेको छ । उनीहरुबाट प्रहरीले केहि रकम असुलेर छोड्ने गरिएको स्रोतले जनाएको छ ।

अहिले कोरोनाको कारण स्वदेश फर्किन नपाएका,रोजगारदाता कम्पनीसंग श्रम सम्झौता सकिएर अलपत्र अवस्थामा बसिरहेका नेपाली कामदारहरु समेत प्रभावित भैईरहेकोले नेपाल सरकार र सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
श्रम सम्झौता सकिएको र भिसा सकिएर बसिरहेका नेपालीहरु बारे सम्बन्धित निकायले चाडैं विशेष कदम चाल्नु नसके धेरै नेपालीहरु समेत धरपकडको सिकार बन्नुपर्ने देखिएकाले नेपालीहरु त्रसित बनेका छन् ।

 

मलेसियामा समय समयमा कागजातविहिन भएर बअबैधानिक रुपमा बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन भन्दै थुप्रै कार्यक्रमहरु ल्याउने गरिएको छ । तर मलेसिया सरकारको उच्च प्रयत्नका बावजूद मलेसियामा लाखौं विदेशी कामदार अझैपनी अवैधानिक रुपमा बसिरहेका छन् ।
ति अवैधानिक रुपमा बसिरहेका कामदार लक्षित गर्दै प्रहरीले सञ्चालन गर्ने धरपकड प्रहरीका लागि कमाउने माध्यम समेत बन्दै आएको यस क्षेत्रमा कार्यरत जानकारहरु बताउँछन् ।

यता यो बिषयबारे मलेसिया स्थित नेपाली दूतावासमा टेलिफोन सम्पर्क मार्फत बुझ्दा हिजो शुक्रवार यहाँका स्थानीय पुलिस ,प्रसाशनले गरिएको धरपाकडमा बङ्गलादेश,पाकिस्तान,इन्डोनेसिया संगै दुई जना नेपाली कामदारलाई समेत पक्राउ गरेर लगेको जानकारी दियो । पक्राउ परेका दुवै नेपाली कामदारलाई सम्बन्धित कम्पनीले आवश्यक कागजात मिलाएपछि कम्पनीमा फर्कीएका छन् ।



ट्रेन्डिङ