कारखानामा मृत्यु भएका मजदुरको परिवारलाई होङ्सी सिमेन्टले २५ लाख दिने

कारखानामा मृत्यु भएका मजदुरको परिवारलाई होङ्सी सिमेन्टले २५ लाख दिने

नवलपरासी, २० बैशाख । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको होङसी सिमेन्टले कारखानामा काम गर्ने क्रममा मृत्यु भएको मजदुरको परिवारलाई २५ लाख क्षतिपूर्ति दिने भएको छ ।

मजदुरको बिमा रकम १० लाखमा १५ लाख थपेर २५ लाख दिने सहमति भएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिए । विनयी त्रिवेणी गाउँपालिका- ४ निवासी २५ वर्षीय मदनदास श्रेष्ठको कारखानामा रहेको त्रिपाल झिक्ने क्रममा दोस्रो तल्लाबाट खसेर मृत्यु भएको थियो ।

मृतक श्रेष्ठको शव भरतपुर अस्पतालमा छ । छतबाट खसेर गम्भीर घाइते भएको श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

उनको शव शनिबार पोष्टमाटर्म गरी आफन्तलाई जिम्मा लगाइने भएको छ ।



ट्रेन्डिङ