महोत्तरीका २ बस्तीमा ४ दिनभित्रै ८ जनाको मृत्यु

महोत्तरीका २ बस्तीमा ४ दिनभित्रै ८ जनाको मृत्यु

महोत्तरी १९ बैशाख । महोत्तरीका २ बस्तीमा ४ दिनमै ८ जनाको मृत्यु भएको छ । भंगाहा(७ स्थित मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका- १२ का स्थानीयको मृत्यु भएको हो । उनीहरुमा अचानक पेट दुख्ने, झाडापखाला लाग्ने र बान्ता हुने लक्षण देखापरेको स्थानीयले बताएका छन् । कतिपय राति सुतेको अवस्थामा बिहान मृत भेटिएका थिए ।

बर्दिवास(१२ मा शुक्रबार बिहान ५५ वर्षीया मोमनीदेवी सर्दार र २६ वर्षीय सोपिन्द्र मण्डलको समेत मृत्यु भएको हो । सोही ठाउँका ५२ वर्षीय गंगाराम सदाको बुधबार मृत्यु भएको थियो भने सो बस्तीसँगै जोडिएको भंगाहा(७ मेघनाथ गोरहन्नामा मंलबारयता ५ जनाको मृत्यु भइसकेको छ ।

मंगलबार ४८ वर्षीया नथुनी महरा र ४० वर्षीय मोहन चौधरीको मृत्यु भएको थियो । बुधबार ५४ वर्षीय लालबाबु सिंह तथा बिहीबार ६० वर्षीय सुकदेव महरा र ४० वर्षीय सिकेन्द्र सिंहको मृत्यु भएको थियो । अघिल्लो बिहीबार भंगाहा(७ कै महेन्द्र चौधरीको पनि मृत्यु भएको थियो । चौधरीसहित सो बस्तीमा मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

लकडाउनका बेला अज्ञात रोगबाट मृत्यु भएको भन्दै गाउँले त्रसित बनेका छन् । उनीहरुले मृतकमा कोरोना भएरनभएको तत्काल पुष्टि गरिदिन सम्बन्धित पक्षसँग माग गरेका छन् । स्थानीय केही व्यक्ति र जनप्रतिनिधिले भने उनीहरुको मृत्यु अत्यधिक विषाक्त मदिरा सेवनबाट भएको हुन सक्ने बताएका छन् । ुमृत्यु हुने व्यक्तिहरु मदिराका अम्मली भएकाले रक्सी सेवनबाटै घटना भएको हुन सक्ने अनुमान गरेका छौं,ु भंगाहा नगरपालिकाका मेयर सञ्जीव साहले भने । दिउँसो काम गरेर राति सुतेका व्यक्ति बिहान मृत फेला परेकाले उनीहरुलाई कोरोना संक्रमण थियो भन्ने आधार नभएको उनको भनाइ छ ।

बर्दिवास(१२ का अध्यक्ष रामकिशोर साहले पनि मृतकले बढी मदिरा सेवन गरेकै कारण उनीहरुको ज्यान गएको बताए । अखाद्य कच्चापदार्थ प्रयोग गरी बनाइएको विषाक्त रक्सी सेवन गरेकै कारण उनीहरुको ज्यान गएको उनले दाबी गरे ।

मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव महराको पोस्टमार्टम गरिएको छ । मृतकमा कोरोनाको समेत आरडीटी गरिएको थियो । उनीहरुम रिपोर्ट नेगेटिभ आएको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । ुदुई जनाको पीसीआर परीक्षणका लागि स्वाब प्रयोगशाला पठाएका छौं। रिपोर्ट आउन बाँकी छ । उनले अहिले नै मदिराले ज्यान गएको भन्न नसकिने बताए । ुविषाक्त मदिराको कारण होरहोइन भन्ने पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ,ु उनले भने, ुघटनाको कारण पत्ता लगाउन रिपोर्ट कुरिरहेका छौं । अन्य मृतकको भने परिवारजनले मृत्युलगत्तै दाहसंस्कार गरिसकेकाले उनीहरुको परीक्षण गर्न नपाएको उनको भनाइ छ ।

मृतक सबै विपन्न परिवारका हुन् । उनीहरुलाई किरिया खर्चबापत २० हजार उपलब्ध गराइने भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए ।



ट्रेन्डिङ