प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघलाई २ हजार थान सर्जिकल मास्क सहयोग दियो

प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघलाई २ हजार थान सर्जिकल मास्क सहयोग दियो

चितवन १९ बैशाख । प्रेस संगठन नेपाल चितवन शाखाले नेपाल पत्रकार महासंघलाई २ हजार थान सर्जिकल मास्क सहयोग दिएको छ । मास्क सँगै केहि परिमाणमा सेनिटाईजर समेत उपलव्ध गराएको छ ।
संगठनका चितवन जिल्ला संयोजक प्रकाश ज्ञवाली र सह (संयोजक तीर्थ नेपालले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडा र उपाध्यक्ष नारायण अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

वाग्मती प्रदेशका सांसद एवं नेपाल कम्युष्टि पार्टी (नेकपा) चितवनका ईञ्चार्ज कृष्ण खनालले बिहीबार संगठनलाई मास्क र सेनिटाईजर प्रदान गरेका थिए ।
यस्तै प्रेस संगठनका केन्द्रिय सदस्य सुरेशचन्द्र अधिकारीले समेत केही थान स्वास्थ्य सामग्री संगठनलाई उपलब्ध गराएको संयोजक ज्ञवालीले जानकारी दिए । संगठनले एकद्धार प्रणाली अन्तरगत पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

सो अवसरमा महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले प्रेस संगठनलाई धन्यवाद दिँदै उपलब्ध स्वास्थ्य सामग्री जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीहरुलाई प्रदान गरिने भएकाले आवश्यक परेका पत्रकारले महासंघमा सम्पर्क गर्न आग्रह गरे ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य शालिग्राम नेपाल ,शिशिर सिंखडा, प्रेस संगठनका प्रदेश सदस्य तिलकराम रिमाल र शंकर अधिकारी जिल्ला सदस्य मुकुन्द भुषाल, हेमराज रिमाल लगाएतको सहभागिता रहेको थियो ।



ट्रेन्डिङ