लड डाउन तोडेर चितवनमा नेविसंघको सरकार विरोधी प्रर्दशन

लड डाउन तोडेर चितवनमा नेविसंघको सरकार विरोधी प्रर्दशन

भरतपुर १८ बैशाख । नेपाल विद्यार्थी संघ चितवनले सरकारको कामगर्ने शैलीको विरोध गर्दै मसाल जुलुस निकालेका छन् । कोरोना भाइरसको नियन्त्रणका लागि लक डाउन गरेको बेला सरकारको शक्ति राजनीति तर्फ केन्द्रीत भएको भन्दै विहीवार साँझ मसाल जुलुस निकालेका हुन । लकडाउन तोड्दै उनीहरुले मसाल जुलुस सँगै सरकार विरोधी प्रर्दशन गरेका छन् ।

पछिल्लो समयमा सरकारको कामवाट जनता निरास भएको भन्दै सरकारको कामवारे नेविसंघ चितवनले आलोचना गर्दै आएको छ । नेविसंघ चितवनका नेता परमेश्वर खनालले भरतपुर कोरोना विशेष अस्पतालमा भएको अनियमितताका विषयलाई समेत गम्भीरताका साथ लिन आग्रह गरेका छन् ।

भरतपुर महानगरको वडा नं. १० को नहर चोकवाट निस्किएको मसाल जुलुस विशाल चोक पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई संवोधन गर्दै नेविसंघका नेता खनालले विकासका नाममा सरकारले जनतामाथी घात गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीको राजिनामा समेत माग गरे ।



ट्रेन्डिङ