अछामको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु

अछामको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु

अछाम १८, बैशाख । जिल्ला अस्पताल अछामको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका– ५ की ५१ वर्षीया देवु सार्कीको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आएपछि गत सोमबार अस्पताल पुगेकी उनलाई चिकित्सकहरूले कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखेर उपचार थालेका थिए । उनको बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको उपचारमा संलग्न डा। शरदचन्द्र बरालले बताए ।

सार्कीको मृत्युपछि स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको छ । अस्पताल भर्ना भएको दिन सार्कीलाई ९९ दशमलव ८ डिग्री फरेनहाइट ज्वरो आएको र टाउको दुख्ने तथा खोकी लाग्ने गरेको थियो । त्योबाहेक उनले आफूलाई धेरै पहिलेदेखि नै हातखुट्टा दुख्ने समस्यासमेत रहेको बताएकी थिइन् ।

अस्पताल भर्नापछि कोरोना संक्रमण परीक्षणका क्रममा उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट ९आरडिटी० रिपोर्ट भने नेगेटिभ देखिएको थियो । सार्कीको मृत्युपछि उनको उपचारमा संलग्न सबै १३ जना चिकित्सक होम क्वारेन्टाइनमा बसेका छन् । मृतकको स्वाबको पिसिआर रिपोर्ट नआएसम्म उनीहरूलाई घरबाहिर ननिस्कन भनेको डा। बरालले बताए ।



ट्रेन्डिङ