लायन्स क्लब अफ चितवन कम्यूनिटी हेल्प लायनको अध्यक्षमा दीपेन्द्र खरेल सर्व सम्मत चयन

दीपेश चौधरी
चितवन १८ बैशाख ।
लायन्स क्लब अफ चितवन कम्यूनिटी हेल्प लायन वर्ष २०२० / २०२१ का लागि अध्यक्ष पदमा दीपेन्द्र खरेल सर्व सम्मत चयन भएका छन ।
विहीवार भिडियो कन्फरेन्स मार्फत भएको छलफलबाट खरेल अध्यक्षता पदमा सर्वसहमतले चयन भएका हुन ।
क्लबको प्रथम उपाध्यक्षमा ध्रुव घिमिरे, सचिवमा सुरज पौडेल, कोषाध्यक्षमा रामजी चौधरी ( राजीव) चयन भएका छन । हाल विश्वमा फैलिएको कोरोना भाइरसको महामारीका कारणले गर्दा लक डाउनको नियम पालना गर्दै अनलाइन भिडियो कन्फ्रेन्सबाट अधिवेशन गरिएको क्लबका वर्तमान अध्यक्ष कृष्ण भट्टले जानकारी दिनु भयो ।
निर्वाचित पधाधिकारीहरुलाई रिजन चियर पर्सन सुवास चन्द्र गौतले बधाइ तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष खरेलले आगामी कार्यकालमा क्लबको गरिमा उच्च राख्न अहोरात्र खट्ने र धेरै दन्त तथा स्वास्थ्य शिविर संचालन गर्नुका साथै भन्दा विभिन्न समाजिक क्रियाकलापहरु गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।