चितवनमा श्रीमतिले गरिन श्रीमानको हत्या

चितवनमा श्रीमतिले गरिन श्रीमानको हत्या

चितवन १८ बैशाख । श्रीमति सहित तीनजनाको कुटाईबाट चितवनमा श्रीमानको मृत्युभएको छ ।

भरतपुर महानगरपालिका वडा नं.१२ पोख्रेली टोलमा भाडामा बस्दै आइरहेका गैंडाकोट नगरपालिका–११ का २४ वर्षीय हरिभक्त महतोको कुटपिटबाट मृत्यु भएको हो । बैशाख १४ गते मृतककी श्रीमती ३५ वर्षीया विष्णु परियार, उनको पहिलेको श्रीमान् पटिका १९ वर्षीय छोरा राजकुमार परियार र २५ वर्षीय भाइ रामबहादुर परियार मिलेर हरिभक्तलाई कुटपिट गरेका थिए ।

टाउकोमा चोटपटक लागेका हरिभक्तको अर्को दिन अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । तर स्थानीयले भने सोही दिन नै हरिभक्तको मृत्यु भएको र मृत्यु भएपश्चात मात्रै हस्पिटल लगेका बताएका छन् । हस्पिटल लग्ने वित्तिकै उनलाई मृत घोषणा गरिएको थियो । मृतक महतोको अझै पोष्टमार्टम भएको छैन ।

मृतककी दिदीले किटानी जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न तीन जनालाई नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरुलाई वैशाख १६ गते कर्तव्य ज्यान मुद्धामा चितवन अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

पहिलेको श्रीमानलाई छोडेर विष्णु परियार ८ महिनाअघि हरिभक्त महतोसंग बिहे गरेकी थिइन् । उनीहरु पोख्रेली टोलमा गंगाधर जैसीको घरमा भाडामा बस्दै आइरहेका छन् । प्रहरीका अनुसार मदिरा सेवन गरेर आएका विष्णुका १९ वर्षीय छोरा र २५ वर्षीय भाईसंग मिलेर तीन जनाले नै हरिभक्तलाई कुटपिट गरेका थिए ।



ट्रेन्डिङ