भाग्यले ठगिएकी एउटी बालिकाको जीवन / खुट्टा दाम्लोले बाँधेर हेरचाह

भाग्यले ठगिएकी एउटी बालिकाको जीवन / खुट्टा दाम्लोले बाँधेर हेरचाह

चितवन (कालिका ) १८ बैशाख । कालिका नगरपालिकाको वडा नं. ३ स्थित आर्दश समाज टोलमा वासुदेव रेग्मीको घर छ । २९ वर्षका बासुदेव शारीरिक रुपमा कमजोर छन् । तीनवर्ष अघि प्रेसरले हानेपछि उनको एकापट्टीको हात्तखुट्टा चल्दैन । चिकित्सकले उनलाई शारीरिक व्याम गर्न भनेको छ । शारीरिक समस्याले भित्र बाहिर गर्न समेत उनलाई हम्मे हम्मे हुनेगर्दछ । आर्थिक अभावका कारण उनले आफ्नो उपचार गर्न सकेनन । चिकित्सकले फिजियो थेरापि गर्न उनलाई सुझाएका थिए । तर आर्थिक अभावले फिजियो थेरापि गर्न समेत सकेनन् । ‘ थेरापि गर्ने औकात पनि छैन’ – उनले भने पैसा भइदिएको भए म ठिक हुन्थें ।

वासुदेवको पाँचजनाको परिवार छ । उनको एउटी छोरी ११ वर्षकी भइन् । उनको बेग्लै पीडा छ । पहिले देखि नै छोरी बोल्न सक्दिन । मानसिक सन्तुलन ठिक नभएका कारण उनलाई बाँधेर राखिएको छ । छोरीलाई छारे रोग समेत छ । छोरी घिस्रिदै हिड्छे । हिड्दा हिड्दै लड्छे, लडेपछि उठ्न सक्दिन । कहिले घिस्रिदै रोडमा पुग्छे । आफु कहाँ छु, को आफन्त हुन समेत उनलाई हेक्का छैन । जहाँ मनलाग्यो त्यतै गइदिन्छे । उनलाई बाटोमा पुग्ने डरले बाँधेर राखिएको हो । यसरी बाँधेर राखिएको पाँचवर्ष भन्दाबढी भयो । छोरीको उपचार गर्दागर्दै रेग्मी परिवार हार माने । आर्थिक अभावले छोरीको उपचार र उनलाई व्यवस्थापन गर्न नसक्दाको पीडा वासुदेवको परिवारमा छ । त्यो संगै आफ्नो स्वास्थ्य उपचार गर्न नसक्दाको पीडा पनि उतिकै पेचिलो छ । अन्य बालबच्चाहरु स–सानै छन् । मेलापात गरेर ल्याउने वासुदेवको तीनवर्षदेखि घरभित्रको बास छ । श्रीमति मेलापात गर्न निस्किए बच्चाहरु रेखदेख गर्न समस्या – ‘ उनीहरुको रेखदेख गर्न मैले सक्दिन ’वासुदेवले सुनाए । अझै धेरै समस्याहरु छन् ।

वासुदेव रेग्मी

तस्वीरमा – वासुदेव रेग्मी 

छरछिमेकलाई दया लागे सहयोग दिन्छन् । उनीहरुले दिएको अन्नपातले भान्सामा आगो बल्ने गरेको छ । केहिले आर्थिक समेत सहयोग दिने गरेका छन् । आर्थिक अवस्था अत्यन्तै नाजुक छ । छरछिमेक र स्थानीयले सहयोग नदिएको भए हामी भोकभोकै मरिसकेका हुन्थ्यौं वासुदेवकी श्रीमतिले सुनाइन् । विहीवार स्थानीय आर्दश समाज टोल विकास संस्थाका पदाधिकारीहरुले वासुदेवको परिवारलाई केहि राहत सहयोग दिए । नुन, तेल, चाम, लगायत खाद्यन्नका सामग्री सहित हात धुने साबुन र मास्क दिए । संस्थाका सचिव नगरेन्द्र गिरी लगायत पदाधिकारी मिलेर १५ सय रुपैयाँ सहयोग समेत दिए । संस्थाका अध्यक्ष जीतेन्द्र चौधरीले रेग्मी परिवारले टोल विकास संस्था लगायत छरछिमेकले दिएको सहयोगले तत्कालका लागि राहत मिलेपनि दिगो रुपमा समस्याको समाधान नहुने बताए । यिनीहरुको दिगो व्यवस्थापन हुन सके मात्रै विपन्न परिवारको उद्धार हुने उनको भनाई छ । स्थानीयका अनुसार यस्ताखालका परिवारका लागि स्थानीयतहले समेत बेग्लै खालको प्याकेजका कार्यक्रम ल्याउनुपर्ने बताउँछन् ।



ट्रेन्डिङ