बलिउडका चर्चीत अभिनेता ऋषि कपूरको निधन

बलिउडका चर्चीत अभिनेता ऋषि कपूरको निधन

चितवन १८ बैशाख । बलिउडका चर्चीत अभिनेता ऋषिकुपूरको गएराती निधन भएको छ । ६७ वर्षको उमेरमा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अभिनेता अमिताभ बच्चनले ऋषिकपूरको निधन भएको जानकारी दिएका छन् ।

भारतीय संचार माध्यमका अनुसार बच्चनले ट्वीटरमा ऋषिकपूरको निधन भएको उल्लेख गरेका छनु । यता रणधीर कपूरले पनि ऋषि कपूरको निधन भएको पृष्टी गरेका छन् । ऋषि कपूरलार्य बुधबार परिवारले मुम्बई स्थ्ति एचएन रिलायंस अस्पतालमा भर्ना गरिएको थियो । उनको भाई रणधीरले जानकारी दिए अनुसार उनलाई स्वास लिन समस्या भएको थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

भारतमा हिजो मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । उनको परिवारमा पत्नी नीतू कपूर र छोराछोरीहरू रिद्धिमा कपूर साहनी र अभिनेता रणबीर कपूर रहेका छन्। ऋषि कपूर, जो सोशल मिडियामा एकदम सक्रिय थिए ।
भारतीय सिने जगतका प्रख्यात कलाकार राज कपूर र कृष्णा राज कपूरका छोरा ऋषि कपूरले बलिउडमा थुप्रै ब्लकबस्टर फिल्महरूमा अभिनय गरेका थिए।

उनी एक फिल्म निर्माता पनि थिए। उनले १९७० सालमा मा राज कपूरको फिल्म ुमेरा नाम जोकरु बाट डेब्यू गरेका थिए जबकि उनको मुख्य फिल्मको रूपमा पहिलो फिल्म १९७३ सालमा डिम्पल कपाडियाको बिरूद्ध ुबबीु मा अभिनय गरेका थिए। दशक लामो आफ्नो बलिउड करियरमा उनले कर्ज,खेल खेल मे, अमर, अकबर र एन्थोनी,लैला मजनू,नगीनाु,सागरु, हम किसिस कुमु जस्ता चलचित्रहरूमा प्रमुख भूमिका खेले। पछिल्लो समय उनले चाँदनी,दामिनी, दो-दोनी चार, डी-डे, अग्निपथ र कपूर एण्ड संस लगायतको फिल्ममा अभिनय गरेर दर्शक क्ष्रोताको मन जितेका थिए।



ट्रेन्डिङ