नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, १७ वैशाख : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुचर्चित सचिवालय बैठक प्रधानमन्त्रीको सरकार बालुवाटारमा सुरु भएको छ । विवाद र ठूलो रस्साकस्सीपछि सत्तारुढ नेकपाको सचिवालय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र विना छलफल अध्यादेश ल्याएपछि सुरु भएको सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा । अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटिको माग गरेका छन् । प्रधानमन्त्री ओली भने स्थायी कमिटि बैठक टारेर संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेका छन् ।

सोमवार (८ वैशाख २०७७) मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश ल्याए लगत्तै नेकपाका २० जना स्थायी कमिटि सदस्यहरुले सामूहिक रुपमा स्थायी कमिटि बैठकको माग गरेका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता पक्षधर नेताहरु भने प्रधानमन्त्री ओलीलाई पार्टीको सचिवालय, स्थायी कमिटि हुदै केन्द्रीय समिति बैठकसम्म लगेर प्रधानमन्त्री ओलीलाई गलाउने तयारीमा छन् । तर सचिवालय, स्थायी कमिटि र केन्द्रीय कमिटिमा अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले भने सिधैं संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेका छन् । सचिवालय बैठकले स्थायी कमिटि वा संसदीय दल बैठक ? त्यो पनि टुंगो लगाउनेछ ।



ट्रेन्डिङ