थारु पत्रकार संघको केन्द्रीय महाधिवेशनको तयारी पुरा

थारु पत्रकार संघको केन्द्रीय महाधिवेशनको तयारी पुरा

चितवन १९ भदौं । चितवनको सौराहामा आयोजना हुन लागेको थारु पत्रकार संघको केन्द्रीय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशनका लागि भदौं २० गतेनै देशभरका थारु पत्रकारहरु चितवनको सौराहा पुग्दैछन् । भदौं २१ गते सौराहा गैडाचोक स्थित थारु कल्चर हाउसमा महाधिवेशनको उद्घाटन हु्नेछ । कार्यक्रममा कृषि राज्य मन्त्री रामकुमारी चौधरीले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । उद्घाटन पूर्व प्रभातफेरि निकाल्ने तयारी गरिएको महाधिवेशन समारोह समिति संयोजक कारी महतोले जानकारी दिनुभयो । थारु पत्रकार संघले गरेको कामको समिक्षा सँगै नयाँ कार्य समिति चयन गर्दै महाधिवेशन सकिनेछ । थारु पत्रकार संघको केन्द्रीय नेतृत्वका लागि चितवनबाट जनता टेलिभिजनका पत्रकार सन्तकुमार चौधरी, दाङवाट लौंव अग्रासन पत्रिकाका पत्रकार सन्तोष दहित र एभिन्यूज टेलिभिजनका किशोर चौधरी अध्यक्ष पदका लागि चर्चामा छन् । महाधिवेशन २२ गते सकिनेछ । थारु पत्रकार संघ चितवनको आतिथ्यतामा आयोजना हुन लागेको महाधिवेशनको बन्द सत्र भने होटल पार्कइन सौराहाको सभाहलमा हुनेछ ।



ट्रेन्डिङ