वर्ष २०१९ को सर्वोत्कृष्ट शिक्षक पुरस्कार डा.हरिप्रसाद कंडेललाई

वर्ष २०१९ को सर्वोत्कृष्ट शिक्षक पुरस्कार डा.हरिप्रसाद कंडेललाई

काठमाण्डौं १९ भदौं ।
पिपी प्रसाई फाउन्डेसनले वर्ष २०१९ को लागि सामुदायिक बिद्यालयहरु मध्येवाट देश भरिकै सर्वोत्कृष्ट प्रधानाध्यापक पुरस्कार भीमोदय माबि कालिका ५ ,चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कंडेललाई उपलब्ध गराएकोछ । एकलाख नगद सहित सम्मान पत्रले सम्मान गरेको हो । सो अवसरमा विद्यालयलाई दशहजार रुपैयाँ बराबरको शैक्षिक सामाग्रीहरु समेत दिएको छ ।

डा.कंडेल त्यस बिद्यालयमा बिगत ४ वर्ष देखि प्रधानाध्यापकको भूमिकामा रहनुभएकोछ । बिद्यालयमा पूर्ण अंग्रेजी माध्यम ,प्राबिधिक तर्फ़ कृषि र कक्षा ११ र १२ मा बिज्ञान संकाय संचालन ,बिद्यालयमा स्कूल बस सेवा ,१,१५० भन्दा बढी बिद्यार्थी , बिद्यालयमा बिज्ञान प्रयोगशाला ,काम्प्यूटर ल्याव , कृषि ल्याब ,साइकल स्त्टैण्ड , लाइबेरी रई (लाईबेरी, सभा हल , मंच,चमेना गृह ,एक शिक्षक(एक ल्यापटप ,सिसि क्यामेरा संयन्त्र ,डिजिटल थम्ब हाजिरी ,शिक्षकको कार्यसम्पादन करार ,शिक्षक लगबुक , बिद्यार्थी लगबुक ,कम्पाउण्ड वाल , गेट , श्रोतकेन्द्र अफिस , परिक्षा शाखा , वाल उधान , बस स्टैण्ड ,शौचालयको स्त्रोन्नति , वेबसाइट , क्यालेण्डर ,क्लब हातेपुस्तिका , ५ ओटा परिक्षा , नियमित अभिभावक अन्तरक्रिया ,कडा बिद्यार्थी अनुशासनको वातावरण ,परिक्षा केन्द्र ,२४ ओटा सटर पसल , रंगरोगन , नगरभरीमा कक्षा ( ८ ,१० र ११र१२ को परिक्षामा सामुदायीक तर्फ़ प्रथम स्थान हासिल , खेलकुद तर्फ़ जिल्ला प्रथम लगायत भौतिक निर्माणमा कस्मेटिक परिवर्तन गरि विद्यालयलाई छोटो अवधिमा राष्ट्रिय पहिचान दिलाउन सफल रहनु भएको थियो ।

उहाले मन्त्रालय ,शिक्षा कार्यालय,शिक्षा बिभाग , नगरपालिका ,प्रदेश सरकार , सभासद र आइएनजीओ मार्फत यो ४ वर्ष अवधिमा झन्डै ४ करोड बजेट जुटाउन सफल रहनु भएकोछ । उहाको शैक्षिक प्रशासन अत्यन्त प्रभावकारी रहेको जिल्लाभरि नै चर्चा सुनिन्छ । उहा स्वयम् गणित र बित्तशास्त्रमा स्नातकोत्तर र कृषिअर्थशास्त्रमा पिएचडी गर्नु भएकोले दक्ष पनि हुनुहुन्छ । यो पुरस्कारले चितवन जिल्ला र कालिका नगरपालिकाको पनि गौरव बढाएकोछ। चितवन लगायत देश भरिकै सामुदायिक बिद्यालयका प्रशासकहरुलाई गरे सम्भव छ भन्ने संदेश दिएकोछ । ७ ओटा प्रदेशवाट उत्कृष्ट ७ जना र देश भरीवाट १ जनालाइ सर्वोत्कृष्ट गरि जम्मा ८ जनालाई यो पुरस्कार हरेक वर्ष वितरण गर्ने गरिएको छ । पुरस्कार माननीय शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलको हातवाट वितरण भएको थियो ।



ट्रेन्डिङ