रत्ननगरमा भोली देखि ५ दिन सम्म नापतौल जाँचपास हुने

रत्ननगरमा भोली देखि  ५ दिन सम्म नापतौल जाँचपास हुने

सविन पौड्याल –
भाद्र १८,रत्ननगर । पुर्वी चितवनको रत्ननगरमा भोली देखी ५ दिन  सम्म नापतौल जाँचपास हुनेभएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बिरगंजबाट खटीएका टोली द्धरा ब्यबसायीले नापतौलका लागी प्रयोग र्गर्ने आफ्नो ढक, तराजु, मिटर नाप तौलको जाँचपास गर्नका लागि आउने भएको हो । रत्ननगर उधोग वाणीज्य संघमा नाप तौलको जाँचपास गरीने भएको हो । रत्ननगर नगरपालीका भरीका सम्पुर्ण ब्यबसायीहरु लाई नापतौलका लागी प्रयोग र्गर्ने आफ्नो ढक, तराजु, मिटर नाप तौलको जाँचपास गर्न गराउनको लागी रत्ननगर उधोग बाणीज्य संघले अनुरोध गरेको छ । रत्ननगर उधोग बाणीज्य संघले आज एक सुचना जारी र्गदै भोली १९ गते देखी ५ दीन २३ गते सम्म बिहान १० बजे देखी बेलुकी ५ बजेसम्म ढक, तराजु, मिटर नाप तौलको जाँचपास गर्न सकीने जानकारी गराएको हो । रत्ननगर उधोग वाणीज्य संघमा भोलीदेखी ५ दीत सम्म जाँचपास कार्यक्रम चल्ने छ । नापतौलमा कोहीपनी गा्रहक ठगीन नपरोस् र नापतौलमा एकरुपता बनाउने उदेश्यका साथ गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बिरगंज र रत्ननगर उधोग वाणीज्य संघले यो उत्कृष्ट कदम अगाडी सारेको हो । नापतौल जाँचपास गरेर प्रमाणपत्र पनी लिनको लागी रत्ननगर उधोग वाणीज्य संघले पूर्वी चितवनका सम्पुर्ण ब्यबसायीहरु सँग अनुरोध गरेको छ । जाँचपास २३ गते सम्म चल्ने छ ।



ट्रेन्डिङ