बस्तु चौपाया सदरमुकाम ल्याएर छाड्ने, आक्रोसीत कृषकहरुको सरकारलाई चेतावनी /माग सम्बोधन हुने मन्त्रालयको आश्वासन

बस्तु चौपाया सदरमुकाम ल्याएर छाड्ने, आक्रोसीत कृषकहरुको सरकारलाई चेतावनी /माग सम्बोधन हुने मन्त्रालयको आश्वासन

सुनिता लामा –
चितवन । चितवन सहित देशै भरका सम्पुर्ण किसानहरु आन्दोलीत भईरहेका छन । दुधको उचित मुल्य र बजार ब्यवस्थापन लगायतका ६ बुंदे माग राखेको महिनौ बितीसक्दा पनि केन्द्रिय स्तरबाट माग सुनुवाई नभएको भन्दै देशै भरका दुग्ध उत्पादक कृषकहरु आक्रोषीत भएका हुन । दुग्ध उत्पादन गर्दा प्रति लिटर मुल्य ६० रुपैया आफ्नै पर्ने तर बिक्री भने ५० रुपैयामा गर्नु पर्ने स्थिीती आउदा कृषकहरु मर्कामा परेको कृषकहरु बताउछन ।
गत जेठ २९ गते गते मात्रै चितवन जिल्ला लाई पुर्ण रुपमा आत्मनिर्भर जिल्ला घोषणा गरिसकेको छ । यसरी दुधमा आफै आत्मनिर्भर भैसक्दा पनि छिमेकी जिल्लाबाट दुध र पाउडर दुध भित्रन रोक नलगाएको प्रति सरकार संग आक्रोस व्यक्त गर्दै ब्यवसायीक दुग्ध उत्पादक कृषक समाज नेपालका केन्द्रिय अध्यक्ष आनन्द न्युरे बताउछन,“ब्यवसाय धरासायी छ ,उत्पादन लागतमा ५०प्रतिशत सहयोग गर्ने अन्तराष्टिय कानुन सरकारले लागु गनु पर्छ। ” उनका अनुसार,माग सम्बोधनका लागी मन्त्रालयले आश्वासन दिदै भाका सारिरहेको छ । “आगामी ५ बर्षमा कृषि बर्षको रुपमा घोषणा गरेर १ प्रतिशत का दरले कर्जा पाउनु पर्छ । ”उनले भने ।
सञ्चारकर्मी सविन पौड्याल संग कुराकानी गर्दै उपभोक्ताले गुणस्तरीय दुध उपभोग गर्न पाउनुपर्ने र किसानले पनि एक छाक हासेर खान पाउने वातावरण बनाउन आफु सधै प्रतिबद्द रहेको बताए । , “यदि उचित व्यबस्थापन नभए,घाटामा डुब्ने र गाँसबास नै हराउने स्थिती आए सम्पुर्ण किसानहरुको गाईबस्तु सदरमुकाम ल्याउनेछौं ।”उनले चेतावनी दिए।
बाहिरी जिल्ला बाट दुध ल्याउने कार्य बन्द गरेको र मन्त्रालयमा निर्देशन दिएको संघीय संसद कृषि सहकारी तथा प्राकृतिक स्रोतको दाबि छ । “निती निर्माण संगै मन्त्रालयले गरेको कामको अनुगमन गरेका छौं ”, संघीय संसद कृषि सहकारी तथा प्राकृतिक स्रोतका सभापती पुर्ण कुमार सुवेदीले भने। “हामीले मन्त्रालयलाई निर्देशन दिएका छौं,निर्णय मन्त्रालयले गर्नेछ । ”,उनले भने । उनका अनुसार,गर्मी महिनामा दुध उत्पादन धेरै हुने भएकोले उक्त दुध बाट नेपालमै पाउडर दुधमा बृद्दि गर्ने र अभावमा त्यसैले आपुर्ती गर्ने योजना रहेको छ ।
दुधको उचित मुल्य र बजार ब्यवस्थापन हुन नसक्दा किसानहरु दुध तथा दुग्ध जन्य पेशा बाट नै अवकाश लिन बाध्य भएका छन । विगत ३ बर्ष देखी दुधको मुल्य स्थिर भईरहदा दाना चोकर लगायत कृषि व्यवसायका लागी आवश्यक सामाग्रीहरुको भाउ भने आकासीदै गएको छ । यस प्रति किसानहरुले खेद प्रकट गरेका छन । ४५ प्रतिशत दुध उत्पादक भएको जिल्लामा दैनिक २ लाख ९० हजार दुध उत्पादन हुने गरेको छ ।
व्यवसायिक रुपमा कृषि क्षेत्रको प्रचुर सम्भावना बोकेको जिल्ला चितवन अहिले व्यवसायीक पशुपालनका लागी उदाहरणीय जिल्ला बन्दै गईरहेको छ । कृषि क्षेत्रलाई राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रुपमा पनि लिन सकिन्छ । पोल्ट्री पछि चितवन दुधमा पूर्ण रुपमा आत्मनिर्भर भएको छ । पछिल्लो समय यूवा पुस्ता समेत पशुपालन तर्फ आकर्षीत भएकोले दुग्ध उत्पादनमा पनि बृदी हुदै गएको छ । किसानले उत्पादन गरेको कृषि उपजमा विचौलीयाको अन्त्य हुन जरुरी छ । गोठ देखी ओठ सम्म पुग्न यत्ति सजिलो भने पक्कै छैन । यस प्रति सरकारको गम्भिर चासो हुन आवश्यक छ । घोषणले मात्र हैन ब्यवहारले पनि कृषक लगायत कृषक सन्तती हामी सबैलाई सन्तुष्टि मिल्न सकोस ।



ट्रेन्डिङ