चितवनका ब्यवसायीक केरा खेती गर्ने किसानहरु चिन्तीत

चितवनका ब्यवसायीक केरा खेती गर्ने किसानहरु चिन्तीत

 सुनिता लामा /पिविएम न्यूज । 

चितवन  ८, भाद्र । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत केराको जोन मानिएको चितवनमा अहिले किसानहरु चिन्तीत बनेका छन । केरामा गवारा, पानामा लगायतका विभीन्न जातका रोगहरु लाग्दा सम्बन्धित निकायबाट कुनै चासो नदेखिएको प्रति गुनासो व्यक्त गरेका हुन । सरकारले केरामा अनुदान नदिदा केराले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसकेको चितवनका किसानहरुको गुनासो रहेको छ । विगत १२ वर्ष देखी केरा खेति गर्दै आएका कालीका नगरपालीका वडा नं. ६ का केसरी प्रसाद देवकोटा सरकारले नियन्त्रणका लागी कुनै राहत नदिएको बताउछन । “सरकारले रोग नियन्त्रणका लागी कुनै पहल कदमी र चासो दिएको छैन” , उनले भने । केरा खेती बिस्तारका लागी सरकारले विभीन्न योजनाहरु ल्याउनुपर्ने ब्यवसायीक खेती गर्ने अर्का एक किसान नारायण पुडासैनीले बताए ।

भदौ महिना लागे संगै केराको बजार भाउ घटेको त्यसैमा पनि रोग बढि लागेको बताउदै चितवनका किसानहरु चिन्ता व्यक्त गर्छन । उता चितवन केरा उत्पादक संघ र कृषि ज्ञ्यान केन्दले जोन क्षेत्रका किसानहरुलाई खेतमै गएर प्राविधीक सल्लाह दिने गरेको कृषि ज्ञ्यान केन्द्रको दाबी छ । किसानहरुले रोग पहिचान नगरी अन्दाजीको भरमा केरामा विषदी हाल्नाले समस्या आएको कृषि ज्ञ्यान केन्द्र चितवनकी पुूर्निमा क्षेत्रीले बताईन । उनका अनुसार, प्रत्यक वर्ष एउटै बाली लगाउदा पनि यस्तो समस्या आउने गर्छ । बजारीकरणको विस्तार र यातायातको सहज पहुँच भएसँगै चितवन जिल्ला व्यावसायिक कृषिको हब बन्दै गईरहेको बेला किसानहरुमा भने सन्तुष्टि मिल्न सकेको छैन । राष्ट्रिय फलफूल विकास केन्द्रको पछिल्लो तथ्यांकअनुसार नेपालमा १८ हजार १४ हेक्टर क्षेत्रफलमा व्यवसायीक रुपमा केरा खेती भइरहेको छ । २ लाख ५४ हजार ४ सय ३ मेट्रिक टन केरा उत्पादन भएको अनुमान छ । २५ हजार कृषक व्यावसायिक केरा खेतीमा संलग्न छन् भने चितवनको सन्दर्भमा चितवनको पूर्वी भागमा दुई हजार ६०० भन्दा बढी बिघामा केरा खेती हुँदै आएको छ ।

जोनका मापदण्ड पुगेपछि केराको जोन चितवनलाई स्वीकृत गरिएको हो । चितवनको केरा जोनमा भरतपुर महानगरको वडा नं. १ ,३, रत्ननगरका सबै वडा,खैरहनि नगरपालीका र कालीका नगरपालीकाका १ देखी ८ सम्म परेका छन। चितवनमा ४६ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ । अघिल्लो वर्ष २७ सय बिघामा केरा खेती भएको थियो भने यसवर्ष करीव तीन हजार बिघामा केरा खेती भइरहेको छ । जिल्लामा केराखेतीमा करिव ७ सय बढी किसानहरु संलग्न रहेका छन ।प्रधानमन्त्री कृषि परियोजनाबाट जोन कार्यक्रम सञ्चालन हुन ५ सय हेक्टर क्षेत्रफलमा केराखेती भएको हुनुपर्नेछ । ब्लकका लागि १ सय हेक्टर र पकेटका लागि १० हेक्टर क्षेत्रफलमा केराखेती भएको हुनपर्छ ।



ट्रेन्डिङ