सौराहा क्षेत्रका सबै होटलको रंग एउटै बनाउने नगरपालिकाको तयारी

सौराहा क्षेत्रका सबै होटलको रंग एउटै बनाउने नगरपालिकाको तयारी

रत्ननगर ४ भदौं । पर्यटकीय नगरी क्षेत्र सौराहाका होटलहरुहरुमा एउटै रंग लगाउने तयारी गरिएको छ । रत्ननगर नगरपालिकाले पर्यटकीय क्षेत्रका सबै होटलहरुको रंग एउटै बनाएर फरक परिचय दिनेगरी तयारी भइरहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिनुभयो । नगर प्रमुख वनका अनुसार सौराहा चोक देखि नै रंग लगाउने विषयमा सरोकारवालाहरुबीच छलफल भइरहेको छ । पर्यटकीय क्षेत्र जाने बाटो सँग जोडिएका घरहरुमा समेत एउटै रंग लगाउने नगरको योजना छ । घरका रंग देखि होटल तथा पार्कहरुको छानामा समेत एउटै खालको रंग लगाउने गरी योजना बनाउने विषयमा छलफल भइरहेको नगर प्रमुख वनले जानकारी दिनुभयो ।
सौराहाका होटल व्यवसायीहरुले यो विषयमा थोरै आनकानी गरिरहेकाले रंगको विषयमा बुझाउने प्रयास भइरहेको स्रोतले बताएको छ । पर्यटकीय क्षेत्रमा भइरहेको संरचना निर्माणको विषयमा पनि निश्चित मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

घरमा लगाउने रंग कुन कलरको हुनेछ भन्ने विषयमा भने टुंगो लागिसकेको छैन । यस्तै होटल तथा रिसोर्ट संचालका लागि कम्तीमा ५ कटटा जग्गा भन्दाबढी हुने व्यवस्था गर्न लागिएको छ । हाल संचालनमा रहेका कतिपय होटल तथा रिसोर्टहरुमा पार्किङको समेत अभाव भएकाले पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउन नगरपालिकाले नयाँ व्यवस्था गर्न लागेको हो ।



ट्रेन्डिङ