राजेन्द्र महतोको कयामत, राजपालाई गुमराहमा राखेपछि वार्ता समिति नै विघटन गर्ने तयारी

राजेन्द्र महतोको कयामत, राजपालाई गुमराहमा राखेपछि वार्ता समिति नै विघटन गर्ने तयारी

काठमाडौँ ४ भदौं । समाजवादी पार्टीसँगको एकीकरणलाई लिएर राष्ट्रिय जनता पार्टी, नेपालमा विवाद उत्पन्न भएको छ । पार्टी एकता पहिले कि महाधिवेशन पहिले भन्ने विषयमा पार्टीमा विवाद देखिएको हो ।
राजपा नेपाल अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारी उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्ने अडानमा छन् भने राजपा नेपालका अध्यक्षमण्डका संयोजक राजकिशोर यादव, अध्यक्षमण्डलका सदस्यद्वय अनिल कुमार झा र महन्थ ठाकुर पार्टीको महाधिवेशन सम्पन्न गरेर एकीकरण प्रकृयामा जाने अडानमा छन् ।

यही विवादको कारण अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा रहेका वार्ता समिति नै भङ्ग गर्ने निष्कर्षमा पार्टी पुगेको छ । वार्ता समितिका संयोजक रहेका महतोले समाजवादी पार्टीसँग वार्ता गर्ने तर त्यसको जानकारी पार्टीलाई नदिने गरेपछि पार्टीले वार्ता समिति नै भङ्ग गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

स्रोतका अनुसार महतो समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुसँग एकीकरणका बारेमा दिनहुँ जसो छलफलमा छन् । तर, पार्टीले त्यसको बारेमा जानकारी माग्दा ‘केही पनि भएको छैन’ भनेर अन्योलमा राख्ने गरेका छन् । राजपा नेपालका एकजना महासचिवले रातोपाटीसँग भने, ‘राजेन्द्र महतोजीका कारण पार्टी एकीकरणको प्रकृया विवादमा फँसेको छ । उहाँले समाजवादी पार्टीका नेताहरुसँग दिनरात छलफल गर्नुहुन्छ, त्यो कुरा मिडियामा पनि चुहाउनु हुन्छ तर पार्टीले सोध्दा एकीकरणको कुनै प्रगति भएको छैन भन्नुहुन्छ ।’ महतोले पार्टी र पार्टीका कार्यकर्तालाई गुमराहमा राखेको ती महासचिवले दावी गरे ।



ट्रेन्डिङ