पत्रकार हत्याकाण्ड प्रति पूर्व मन्त्रीको चासो /पूर्वाग्रह विना छान विन गर्न माग

पत्रकार हत्याकाण्ड प्रति पूर्व मन्त्रीको चासो /पूर्वाग्रह विना छान विन गर्न माग

रेजिना ढकाल / पिविएम न्यूज । 

चितवन ३२ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बुडले संचारकर्मी रवि लामिछाने पक्राउ परेको विषयलाई चासो लिनुभएको छ । पत्रकार हत्याकाण्डलाई मसिनो गरी अनुसन्धान हुनुपर्ने समेत बताउनुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेस,चितवनको जिल्ला परिषद तथा “श्रम सन्देश“ स्मारिकाको बिमोचन कार्यक्रम बोल्दै पूर्व मन्त्री बडुले पूर्वागह नराखी छानविन गर्नुपर्नेमा जोड दिनुभयो । नारायणगढमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पूर्व मन्त्री बडुले घटनाको विषयमा चितवनका एसपी र सिडियोसँग भेट गरेर नै यो विषयलाई गम्भिरताका साथ लिन आग्रह गरेको जानकारी दिनुभयो । त्यस अघि प्रहरीको हिरासतमा रहेका संचारकर्मी रवि लगायतलाई भेटघाट समेत गर्नुभएको जानकारी दिनुभयो ।
रवि लामिछानेको समर्थन र सरकारको विरोधमा यत्रो जनसागर उर्लिएको छ, सत्य बाहिर आओस् उहाँले भन्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती जीतनारायण श्रेष्ठले पनि दोषीलाई पत्ता लगाई कानुनी कार्वाही हुनुपर्ने माग गर्नुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियनको महासचिव भुपेन्द्र कुवरले श्रमिकको पक्षमा सुरक्षित भएका हक र अधिकारबाट पनि श्रमिकहरु बञ्चित हुने गरेको बताउनुभयो । श्रमको सम्मान नभए सम्म मुलुक सम्बृद्ध हुन नसक्ने भन्दै श्रमको सम्मान हुनुपर्नेमा जोड दिनुभयो । नेपाल ट्रेड युनियन कांग्रेस,चितवनको अध्यक्ष हरिहर सापकोटाको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा श्रम सन्देश नामको स्मारिका विमोचन समेत गरिएको थियो ।



ट्रेन्डिङ