आकृति सहकारीको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

आकृति सहकारीको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

रत्ननगर ३२ साउन ।
आकृति महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा संस्थाको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । २०७६ श्रावण ३१ र ३२ गते गरि २ दिन आयोजना गरिएको कार्यक्रममा सहकारीका विभिन्न समितिका २७ जना पदाधिकारीहरु सहभागि भएका थिए । रत्ननगर नगरपालिकाभित्रका विपन्न सुकुम्बासी समुदायका महिलाहरुको मात्र प्रतिनिधित्व रहेको उक्त सहकारीमा हाल ६२९ जना सदस्यहरु रहेका छन् ।

लुमन्ति आवासको लागि सहयोग समुहको सहयोगमा संचालन भएको उक्त गोष्ठीमा रत्ननगर नगरपालिकाका सहकारी अधिकृत रामप्रसाद बस्ताकोटीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहकारीलाई बचत तथा ऋण सहकारीमै केन्द्रीत गर्ने वा बहुउद्देश्यीय सहकारीमा रुपान्तरण गर्ने विषयमा समेत छलफल गरिएको थियो । सहकारीको शेयर पुँजी वृद्धि गर्ने, विपन्न समुदायका महिलाहरुको सशक्तिकरणमा कार्यक्रमहरु संचालन गर्ने, सहकारीका नेतृत्वपंक्तीका पदाधिकारीहरुको नेतृत्व विकास गर्ने, विपन्न समुदायहरुमा सहकारी शिक्षा कार्यक्रम लागु गर्नेजस्ता विभिन्न योजनाहरुको साथ सो कार्यक्रम सम्पन्न भएको कुरा आकृति सहकारीका अध्यक्ष फुलकुमारी लामाले जानकारी गराउनुभयो ।



ट्रेन्डिङ