चितवनका ओमकार परिवार एकैसाथ जन्माष्टमी मनाउने तयारीमा

चितवनका ओमकार परिवार एकैसाथ जन्माष्टमी मनाउने तयारीमा

पिविएम न्यूज-

भरतपुर ३२, साउन  ।
आगामी भदौ ६ गते परेको श्री कृष्ण जन्माष्टमीलाई चितवनका ओमकार परिवारले एकैसाथ भव्यताका साथ मनाउने भएकाछन् । ओमकार परिवार अन्र्तगत १७ वटा संस्थाले एकैसाथ बृहत शोभायात्रा सहित जन्माष्टमी मनाउने तयारी गरीएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । विश्व हिन्दु महासंघ , इस्कोन, राधा माधव सेवा समिति, कृष्ण प्रणामी सेवा धाम जिरौना, ब्रम्हकुमारीज राज योग सेवा केन्द्र, वैदिक धर्म परिषद, योगि नरहरीनाथ गुरुकुल, सत्य साई केन्द्र, पतञ्जली योग पीठ, आर्ट अफ लिभिङ लगायत १७ वटा संघसंस्थाले संयुक्त कार्यक्रम गर्ने तय भएको विश्व हिन्दु महासंघका केन्दिय सदस्य टंकनाथ पौडेलले बताए । हिन्दुवादी संस्थाहरुमा देखिएको विभाजनको अन्त्यको प्रयास स्वरुप संयुक्त कार्यक्रमको थालनी गर्न लागिएको उनले बताए ।

‘ हामी विभिन्न भगवानलाई पुज्छौं तर हाम्रो धरोहर हिन्दुवाद हो ,’ उनले भने ,‘ त्यसैले सबैलाई एकिकृत गर्न संयुक्त कार्यक्रम गर्न जरुरी छ ।’ जन्माष्टमीको पहिलो कार्यक्रम पछि आगामी दिनमा पनि सहकार्यात्मक कार्यक्रममा जोड दिइने बताइएको छ । कार्यक्रमलाई सफल बनाउन प्रत्यक संघसंस्थाले जिम्मेवारी बहन गरेकाछन् । इस्कानेले प्रसाद वितरण, विश्व हिन्दु महासंघ र राधामाधव सेवा समितिले प्रचारसार, सत्य साईले साउण्ड सिस्टम जस्ता जिम्मेवारी बा“डफा“ड गरीएको इस्कोनका कृपालु गौरसुन्दर प्रभुजीले बताए ।

सबैले मँन्ने कृष्ण एकै भएकाले साम्प्रदायिक रुपमा मनाउनु भन्दा एक साथ मनाए सकारात्मक सन्देश फैलिने उनको तर्क छ । जन्माष्टमीका दिन बिहान ७ बजे उद्योग वाणिज्यसंघ चितवनबाट झा“की सहितको बृहत शोभायात्रा निकाल्ने तयारी भएको शोभायात्राका संयोजक उमाशंकर अग्रवालले बताए । मिलनरोड, भृकुटीपथ, शहिदचोक, लायन्सचोक, चौविसकोठी , मालपोतचोक हु“दै धावनमा गएर सत्संग गरिने अग्रवालले बताए । धर्मको नाममा फैलिएका विकृति हटाउ“दै सनातन हिन्दु धर्मको मुल्य मान्यता स्थापित गर्न अबका दिनमा सहकार्यात्मक कार्यक्रमको विकल्प नरहेको सहसंयोजक ममता शर्मा न्यौपानेले बताइन् । कृष्ण जन्माष्टमी भगवान श्री कृष्णको जन्मोत्सवका रुपमा मनाउने गरीन्छ ।



ट्रेन्डिङ