स्वतन्त्र युवा समुहले चितवनमा शान्तिपूर्ण र्याली निकाले

स्वतन्त्र युवा समुहले चितवनमा शान्तिपूर्ण र्याली निकाले

सुनिता लामा / पिविएम न्यूज ।
चितवन ३२ साउन ।
पत्रकार शालीकराम पुडासैनीका लागी न्यायको माग गर्दै स्वतन्त्र युवाहरुले आज भरतपुरमा शान्तीपुर्ण र्याली निकालेको छ । निष्पक्ष छानविन गर्न देउ,दोषी कार्बाही गर लगायतका प्लेकार्ड सहित भरतपुर चौवीसकोठी परिक्रमा गरेका थिए। र्यालीमा चितवन लगायत अन्य जिल्लाका युवाहरु समेत स्वत स्फूर्त रुपमा सहभागी भएका थिए। पत्रकार पुडासैनीका न्यायका लागि निष्पक्ष छानविन गर्न पाउनु पर्ने भन्दै आफुहरुले शान्तीपुर्ण र्याली निकालेको सहभागी अनिल लामाले बताउनु भयो ।

यस्तै कानुन सम्बत अनुसन्धानमा बाधा पु¥याउन नहुने सहभागी राजेन्द्र थापा लगायत अन्य युवाहरुले बताउनुभयो ।
यसैबिच न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थकहरु आज पनि जिल्ला अदालत चितवन अगाडीरिहाईको माग गर्दै बिरोध गरिरहेका छन ।
नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २० गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । चितवन जिल्ला अदालतले लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि चितवन ल्याइएको थियो। न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरी अहिले लामिछानेसहित तीनै जना अनुसन्धानका लागि हिरासतमा छन ।



ट्रेन्डिङ