चितवनमा थरी थरीका नाराबाजी चल्दै / हिजो एकथरी, आज अर्को थरी

चितवनमा थरी थरीका नाराबाजी चल्दै / हिजो एकथरी, आज अर्को थरी

भरतपुर ३२ साउन । पत्रकार रवि लामिछाने सहित तीनजना पक्राउ परेयता चितवनमा थरी थरीका नाराबाजी भइरहेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्म हत्या काण्डमा पक्राउ परेका रविको समर्थनमा हिजो दिनभर नाराबाजी चल्यो । रवि लामिछानेका समर्थकहरु दिनैभर सरकार, प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरे । त्यसको भोली पल्ट फेरी भरतपुरमा अर्कै किसिमले नाराबाजी सुरु भएको छ । पत्रकार पुडासैनी आत्महत्या काण्डलाई स्वतन्त्र रुपमा छानविनको माग गर्नै भरतपुरमा जुलुस नै निकालेका छन् । सयौंको संख्यामा निस्किएको जुलुसमा सहभागी युावहरुले पुडासैनीलाई न्याय देउ भन्दै नाराबाजी गरिरहेका छन् । भरतपुरको चौविसकोठीवाट सुरुभएको जुलुस जिल्ला प्रहरी कार्यालय सम्म पुगेको थियो । पुडासैनीलाई न्याय देउ, एनजिओ हस्तक्षेप बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु जुलुसमा उत्रिएका थिए । उनीहरुले घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई निश्पक्ष छानविन गर्न आग्रह गरेका छन । हिजो मात्रै चितवन अदालतले पक्राउ परेका रवि लामिछाने सहित तीनैजनालाई अनुसन्धानका लागि पाँचदिन म्याद थप गरेको छ ।



ट्रेन्डिङ