प्रभुप्रसाद महतोको घरमा पुग्दा जे देख्यौं – भिडियो सहित –

प्रभुप्रसाद महतोको घरमा पुग्दा जे देख्यौं – भिडियो सहित –

माडी ३२ साउन । एका विहानै हामी माडी स्थित प्रभु प्रसाद महतोको घरपुग्दा उहाँ गोेठको सरसफाई सकेर डेरी सम्म दुध लैजाने तयारीमा हुनुहुन्थ्यो ।
माडी नगरपालिका वडा नं. ४ मा उहाँको घर छ । तत्कालिन नेकपा माओवादी पार्टीमा लामो समयदेखि क्रियाशील भएर राजनीतिमा जुरमुराउनुभएका प्रभु प्रसाद महतो अहिले पनि उत्तिकै सक्रिय हुनुहुन्छ । नेकपा माओवादीको माडी इन्चार्ज भएर लामो समय काम गर्नुभएका प्रभु प्रसाद महतोको दिन चर्या अहिले पनि उत्तिकै व्यस्तताका बीच वितिरहेको छ ।

 


उहाँले ६ वटा गाई पाल्नुभएको छ । दैनिक ६० लिटर दुध विक्री गर्नुहुन्छ । दुधबाट आएको पैसाले घरखर्च चलाउनमात्रै होइन, उहाँको सामाजिक काममा पनि थप मद्दत पुगेको छ । अहिले सम्म ५ लाख रुपैयाँ दुध विक्रीवाट आम्दानी भइसकेको छ ।
प्रभु प्रसाद महतोको नाम माडी नगरपालिकामा मात्रै नभई सिंगो चितवनको राजनीतिक क्षेत्रमा परिचित छ । राजनीतिमा फुल टाइमर भएर कामगर्नुभएका प्रभु प्रसाद महतो अहिले पनि राजनीति र समाजसेवामै सक्रिय हुनुहुन्छ ।
तत्कालिन समयमा जनमोर्चा निकट महिला संघकी कार्यकर्ता सुमित्रा केसी सँग हात मिलाएर क्रान्तीकारी विवाह गर्नुभएको जोडीले घरैदेखि आर्थिक सम्बृद्धीको यात्रा थालनी गरेका छन् ।
बाबुनानीहरु स–साना भएकाले उनिहरुलाई हुर्काउन पालन पोषणका लागि भएपनि आर्थिक आवश्यक पर्ने हुनाले राजनीति सँगै आर्थिक सम्बृद्धिको यात्रामा आफुहरु लागेको प्रभुकी पत्नी सुमित्राले बताउनुभयो ।
हामी दुईमा राजनीतिक लिड उहाँले गरिरहनुभएको छ म अहिले परिवारलाई बढी समय दिइरहेको छु उहाँले भन्नुभयो । राजनीतिमा दुवैजना फुल टाइम भोलेन्टिर हुनुहुन्थ्यो । अहिले भने प्रभु प्रसाद महतो मात्रै राजनीतिमा क्रियाशील हुनुहुन्छ ।

((०))



ट्रेन्डिङ