संस्कृति संरक्षणका लागि माडी भिलेज रिसोर्ट जुरमुराउँदै

संस्कृति संरक्षणका लागि माडी भिलेज रिसोर्ट जुरमुराउँदै

पिविएम न्यूज
माडी ३० साउन । चितवनको माडीमा रहेको माडी भिलेज रिसोर्टले पाहुनालाई स्वागत सत्कारसँगै थारु समुदायको पहिचान बुझाउने अभियानमा जुटेको छ । थारु समुदायको कला संस्कृति लोप हुँनथालेपछि रिसोर्ट आफैले कलासंस्कृती संरक्षण गर्ने अभियानमा जुटेको हो । रिसोर्ट भित्रै सांस्कृतिक घर समेत निर्माण गर्दैछ । सांस्कृतिक घरभित्र थारुहरुले प्रयोग गर्दै आए पुराना तर ऐतिहासिक सामग्रीहरुलाई समेत अवलोकनका लागि राखिने छ । थारुको कला संस्कृति समेत सास्कृतिक घरमै बसेर देखाउन मिल्ने गरी बनाउन लागिएको रिसोर्टका संचालक रामनारायण चौधरीले जानकारी दिए ।

माडी आएर रात बस्ने पाहुनाहरुका लागि थारु कल्चर हेर्ने व्यवस्था मिलाउनका लागि अहिले सांस्कृतिक भवनको निर्माणका काम चलिरहेको छ । थारु कल्चर देखाउनका लागि स्थानीय थारु समुदायले समेत चासो लिएका छन् । सांस्कृतिक भवन निर्माण कार्य सकिए लगतै कल्चर देखाउनका लागि तालिम संचालन हुनेछ । तालिममा थारु समुदायका महिला पुरुष दुवैले भाग लिनेछन् । थारुहरुको परम्परागत नाच देखि पुरानो शैलीका कतिपय गीतहरु भुलिसकेकाले तालिम आवश्यक रहेको संचालक चौधरीको भनाई छ ।
सांस्कृतिक भवनले स्थानीय थारु समुदायलाई व्यस्त बनाउनेमा रिसोर्ट संचालक विश्वस्त छन् । हप्तामा कम्तीमा तीनदिन जति कल्चरल कार्यक्रम गर्न सकिए यसले आयआर्जनमा समेत टेवा दिनेछ ।

थारु समुदायकै कला संस्कृति संरक्षण गर्ने उद्देश्यले २ वर्ष अघि माडी भिलेज रिसोर्ट संचालनमा ल्याइएको थियो । अहिले माछापोखरीको वरिपरी १३ वटा कोठा बनाएर माडी घुम्न आउने पाहुनालाई सेवादिंदै आएको छ । पाहुनाहरुको चाप अत्याधिक बढ्दै गएका कारण केहि कोठाहरु समेत थप्ने तयारी छ । १ विगहा क्षेत्रफलमा निर्माण गरिएको होटलमा २ करोड भन्दाबढी लगानी भइसकेको छ । सेवाग्राहीलाई लक्षित गरेर दुईवटा एसि सहित १३ वटा कोठा संचालनमा ल्याइएको हो । ८० लाखको लगानीवाट यो रिसोर्ट संचालन गरिएको थियो । स्थानीयले पालेका हाँस, कुखुरा देखि खेतवारीमा लगाइएको तरकारी समेत रिसोर्टमै खपत हुनेगरेको छ । यसले स्थानीयको आर्थिक पाटोलाई समेत बलियो बनाउँदै गएको स्थानीयहरु बताउँछन् । माडीमा यो लेबलको होटल संचालनमा आएको यो पहिलो हो । पार्टी प्यालेसका रुपमा अन्य केहि होटलहरु संचालनमा आएपनि थारु मोर्डनकै रुपमा संचालनमा आएको यो पहिलो र एकमात्र होटल हो ।



ट्रेन्डिङ