बहुविवाहको आरोपमा एकजोडी पक्राउ

बहुविवाहको आरोपमा एकजोडी पक्राउ

चितवन २८ साउन । बहु विवाहको आरोपमा चितवनमा दुईजना पक्राउ परेका छन् । भरतपुर वडा नं. १ लायन्सचोक बस्ने राजेश गुरुङ र उनको कान्छी श्रीमती रस्मी सुनार लाई चितवन प्रहरीले पक्राउ गरेको हो । जेठी श्रीमती हुँदा हुँदै सोही वडा बस्ने रस्मी सुनारलाई गुरुङले दोश्रो विवाह गरी घर भित्र्याएको जाहेरीको आधारमा दुवैजनालाई चितवन प्रहरीले पक्राउ गरेको हो । जाहेरी जेठी श्रीमतिले दिएको थियो । पक्राउ परेका दुवैजनालाई मुलुकी अपराध संहिता २०७४ को परिछेद २१ को दफा १७१ अन्तरर्गत बहुविवाह कसुरमा चितवन अदालतवाट पाँचदिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।



ट्रेन्डिङ