एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प सिजन टु हुँदै

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प सिजन टु हुँदै

भरतपुर २८ साउन ।
मावि तहका विद्यार्थी लक्षित गरेर चितवनमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प सिजन टु को अडिसन आगामी भदौ ३ गतेबाट सुरु गरिने मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रतियोगितामा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । चितवन र नवलपुरका विभिन्न ८ स्थानमा अडिसन बाट १५ सय भन्दा बढी प्रतियोगि सहभागि गराइने आयोजकले जनाएको छ । छनौट भएका प्रतियोगिको दक्षता निखारका लागि विभिन्न प्रशिक्षणमा सहभागि गराइने बताइएको छ । प्रशिक्षण पछि तीन चरणमा प्रतियोगिता सञ्चालन गरिने आयोजक विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा.लि का प्रबन्धक विमोचन आचार्यले बताए । प्रतियोगिताको फाइनल आगामी मंसिर १३ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार र ट्रफी , द्धितिय हुनेले नगद ३० हजार र ट्रफी , तृतीय हुनेले नगद २० हजार र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।



ट्रेन्डिङ