एन आर एन माल्टाको अध्यक्षमा अर्याल

एन आर एन माल्टाको अध्यक्षमा अर्याल

प्रकाश बगाले
माल्टा २७ साउन । गैर आवासीय नेपाली संघ (एन आर एन) माल्टाको अध्यक्षमा राजु अर्याल (बावु) सर्वसम्मत चयन भएका छन् । यहि अगस्ट १२ गते माल्टामा भएको प्रथम अधिवेशनबाट अर्यालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् । महासचिवमा भने पूनःसन्देश केसीनै सर्वसम्मत रहेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी रहेका एन आर एन केन्द्रिय उपाध्यक्ष कुल आचार्यले माल्टामा नेपालीहरुको हक हितको लागि काम गर्ने यस सस्था सुख दुखको साथी रहने बताएका छन् । कार्यक्रममा बोल्दै विभिन्न सिलशिलामा माल्टामा रहेका नेपालीहरुलाई आई पर्ने समस्या समाधानमा एन आर एनको भूमिका महत्वपुर्ण हुने उनको भनाई थियो । अधिवेशनबाट माल्टामा रहेका नेपालीहरुको समस्या समाधान हुनेमा विश्वस्त रहेको माल्टाबासी नेपालीहरुले बताएका छन् । त्यसै गरि एन आर एनका केन्द्रिय सह—कोषाध्यक्ष सोम सापकोटा लगाएको सहभागितामा कार्यक्रम सम्मन्न भएको थियो ।



ट्रेन्डिङ