सुकुम्बासी समुदायमा वृहत वृक्षरोपण

सुकुम्बासी समुदायमा वृहत वृक्षरोपण

रत्ननगर २७ साउन ।
आकृतिमहिला बचत तथा ऋण सहकारी संस्थालि. को आयोजनामा,रत्ननगर नगरपालिका र लुमन्तिको सहयोगमारत्ननगर नगरपालिका १२ स्थित सालघारी समुदायमा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्नभएको छ । सालघारीका ३ वटा टोल विकास संस्थाहरु डाँफेमुनाल, पारिश्रमिक र नवजागृति टोलको सहकार्यमा सम्पन्नभएको कार्यक्रममा रत्ननगर नगरपालिकाकाप्रमुखनारायण वनज्युको प्रमुखआतिथ्यता रहेको थियो । रत्ननगर १२ काअध्यक्षविर बहादुर पाख्रिनको विशेष आतिथ्यता रहेको कार्यक्रममा रत्ननगर नगरपालिकाले सहयोग गरेको २०० वटा विभिन्नफलफुलकाविरुवाहरु रोपिएको थियो । विपन्न, गरिब र सुकुम्बासीहरुको बाहुल्यता रहेको सो समुदायलाई भौतिक रुपमामात्रनभई प्राकृतिक रुपमाआकर्षक बनाउन यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने कुरा रत्ननगर नगरपालिकाकाप्रमुखनारायण वनले व्यक्तगर्नुभएको थियो । सहकारीकाविभिन्न समितिकापदाधिकारीहरुसहितकरिब १२० जना समुदायबासीहरुको सहभागिता रहेको कुरा आकृति सहकारीकाअध्यक्षफुलकुमारी लामाले जानकारी गराउनुभयो ।



ट्रेन्डिङ