डोजरले बनाएको खाल्डोमा परी २ जनाको ज्यान गयो / विरोधमा तीनवटा डोजरमा आगजनी

डोजरले बनाएको खाल्डोमा परी २ जनाको ज्यान गयो / विरोधमा तीनवटा डोजरमा आगजनी

धादिङ २५ साउन । गजुरी गाउँपालिका वडा नम्बर ७ धादिङको दरिङ्गाल खोलामा बालुवा निकाल्नका लागि डोजरले बनाएको खाल्डोमा परी २ जनाको ज्यान गएको छ । शनिवार बिहान १० बजे नुहाउनको लागि खोलामा गएका गजुरी गाउँ पालिका ७ का १८ बर्षिय भिम बहादुर तामाङ र २१ बर्षिय सुमन तामाङको ज्यान गएको हो । रातभरी स्काभेटरले जथाभावि रुपमा खाल्डो पार्दा नागरिकको ज्यान गएको भन्दै आक्रोसित स्थानीयले तीन वटा स्काभेटरमा आगजनी गरेका छन् । घटना स्थलमा प्रहरीको बाक्लो उपस्थिति भएता पनि स्थानीयहरु आक्रोसित बनेका कारण घटनाले ठुलो रुप लिएको हो । खोलामा डोजर लगाउन नपाउने भन्दै स्थानीयको आन्दोलन पछि प्रशासनले कडाइ गरे पनि राती राती अवैध रुपमा एक्साभेटर लगाउने गरिएको थियो । गैर कानुनी कामको संरक्षण गर्ने सबैलाई ज्यान मार्ने मुद्दामा पक्राउ गर्नु पर्ने स्थानीयहरुले माग राखेको पत्रकार विक्रम अधिकारीले बताउनु भयो ।



ट्रेन्डिङ