वन व्यवस्थापनका लागि भीमवली सामुदायिक वनद्धारा एक करोड तेइस लाख बढीको बजेट सहितको महत्वकांक्षी आयोजना सार्वजनिक

वन व्यवस्थापनका लागि भीमवली सामुदायिक वनद्धारा एक करोड तेइस लाख बढीको बजेट सहितको महत्वकांक्षी आयोजना सार्वजनिक

कालिका २२ साउन । भीमवली सामुदायिक वन उपभोक्ता समुहले वन व्यवस्थापनका लागि महत्वकांक्षी आयोजना सार्वजनिक गरेको छ । परिषद बोलाएर सामुदायिक वनले एक करोड तेइस लाख अणसठि हजार चार सय रुपैयाँ बराबरको योजना पारित समेत गरेको छ । भीमवली पार्कमा परिषद आयोजना गरिएको थियो । परिषदले भीमवली पार्क व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।

पार्कलाई व्यवस्थ्ति बनाउन गुरु योजना निर्माण देखि भइरहेको काम र त्यसको व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । आर्थिक वर्षमा भीमवली पार्क व्यवस्थापनका लागि ३५ लाखको योजना रहेको सामुदायिक वनका अध्यक्ष मछिन्द्र पाण्डेले जानकारी दिनुभयो । यो संगै साुमदायिक वनले घाँसे मैदान व्यवस्थापन, पोखरी निर्माण, तारवार, वृक्षारोपण, गस्ति परिचालनलाई समेत प्राथमिकतामा राखेको छ । सामुदायिक वनले आफ्ना उपभोक्तालाई आर्यआर्जन तर्फ उन्मुख गराउन विभिन्न खालका तालिम देखि पशुपालनमा अभिप्रेरित गर्ने कार्यक्रमलाई यो वर्षपनि निरन्तरता दिएको छ । यस अघि दुईवर्षको अवधिमा ४३ जना उपभोक्तालाई जनहि १२ हजार रुपैयाँका दरले बाख्रा पालनका लागि आर्थिक सहयोग गरेको छ ।

यो वर्षपनि यो कार्यक्रमलाई निरन्तरता दिन ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष पाण्डेको भनाई छ ।
परिषदले पार्कको व्यवस्थापन देखि तारवार व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन समितिलाई सुझाव समेत दिएको छ । पूर्व गाविस अध्यक्ष समेत रहनुभएका सामुदायिक वनका सल्लाहकार जयचन्द्र प्रसाद चौधरीले सामुदायिक वनको व्यवस्थापन सँगै पार्क निर्माणलाई पूर्णता दिन गुरु योजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । परिषदमा सार्वजनिक गरिएका योजना राम्रो भएपनि कार्यान्वयनमा चुनौती रहेकाले सबैको सहयोग र हातेमालो आवश्यक रहेको उहाँको भनाई थियो । परिषदमा बोल्दै समाजसेवी एवम भीमवली पार्क निर्माणका लागि बनाइएको गुरु योजनाका सदस्य रामचन्द्र पौडेलले सामुदायिक वनका आयोजनाहरु संचालन हुँदै गर्दा सम्बन्धित व्यक्तिहरुले समेत थाहपाउने गरी काम गर्न सके काम पारदर्शी देखिने हुँदा सबैलाई समेटेर लैजान समितिलाई सुझाव दिनुभयो ।

कार्यक्रममा गुरु योजना सदस्य एवम नेपाली काँग्रेस वडा अध्यक्ष नारायण प्रसाद भट्टराईले पार्क निर्माण गर्दै गर्दा त्यसको सुन्दरतालाई ख्याल हुने गरी विकासका पूर्वाधार निर्माणमा ध्यान दिन सुझाव दिनुभयो । गुरुयोजना निर्माण समितिका पदाधिकारीहरु सँग समेत परामर्श र समन्वय गरी विकासका काम गर्न समितिलाई सुझाव दिनुभयो । परिषदमा बोल्दै कालिका नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जिएन महतोले उपभोक्तालाई सहजहुने गरी तालबार गर्न समितिलाई सुझाव दिनुभयो । मानविय वस्तीसँगको सीमा क्षेत्रमा तारवार गरिएको विषयलाई लिएर वडा अध्यक्ष महतोले सामुदायिक वन सँग उपभोक्ताहरुको प्रत्यक्ष सम्बन्ध जोडिएकाले सामान्य घाँस दाउरा लिन जानका लागि बनाइएको ढोकाहरु प्रयाप्त नभएकाले केहि थप गर्न सुझाव दिनुभयो । हाल ३ वटा भ¥याङ ढोका र दुईवटा गेटगरी ५ वटा बाटो भएर उपभोक्ताहरुले घाँस दाउरा ल्याउने गरी संरचना बनाइएको छ ।

 



ट्रेन्डिङ