सुविसु प्रा.लीमा आगलागी

सुविसु प्रा.लीमा आगलागी

काठमाण्डौं २२ साउन । बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु प्रालिमा आगलागी भएको छ । बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर जानकारी दिएको छ ।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।



ट्रेन्डिङ