बाल गायक प्रिन्स सिलवालको नयाँ म्यूजिक भिडियोको कभर फोटो सार्वजनिक

बाल गायक प्रिन्स सिलवालको नयाँ म्यूजिक भिडियोको कभर फोटो सार्वजनिक

चितवन २१ साउन । बाल गायक प्रिन्स सिलवालले बाबा प्रतिको सम्मान स्वरुप ल्याउन लागेको नयाँ म्यूजिक भिडियोको कभर फोटो सार्वजनिक गरिएको छ । चितवनको सौराहा आसपासका क्षेत्रमा छायांकन गरिएको म्यूजिक भिडियोको फष्ट टिचर समेत सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

भूकम्पले कयौंको घरबार भत्कायों, घरबारसँगै कयौंको सपना भत्किएको विषयलाई लिएर बाल गायक सिलवालले नयाँ म्यूजिक भिडियो ल्याउने तयारी गरेका हुन् । यो उनको तेश्रो म्यूजिक भिडियो हुनेछ । यो भिडियोमा बुबाको भूकिकामा अभिनेता सरोज खनालले साथ दिएका छन्, छोराको भूमिकामा भने गायक सिलवाल आफै देखिने छन् । सार्वजनिक गरिएको पोष्टरमा समेत सरोज खनाल र गायक प्रिन्स सिलवाल देखिएका छन् । स्वर्गीय सुनिल वर्देवाको यो साँझ यो रात बोलेको गीतबाट निर्देशनको करियर सुरु गरेका राजेन्द्र पाण्डेले यो गीतको निर्देशन गरेका छन् ।

यस अघि सिन्धु मल्लको झलझली आँखामा…. हो हो माले हो ….फेवा तालमा साईली लगायत सयभन्दाबढी गीतमा काम गरिसकेका निर्देशक पाण्डेले यो गीतमा अत्याधिक मेहनत गरेका छन् । प्रतिभा पाण्डे सिलवालको निर्माणमा तयार भइरहेको म्यूजिक भिडियोमा राजकुमार तामाङले सह निर्देशन गरेका छन् । भवानी अधिकारीको शव्द रहेको यो गीतमा युवा संगीतकार प्रेम घिमिरेले संगीत दिएका हुन । गीतको एरेन्ज भने दिनेश न्यौपानेले गरेका छन् । निर्देशक पाण्डे र सन्तकुमार चौधरीले छायांकन गर्नुभएको यो गीतको सम्पादन भने लोकेन्द्र सुब्बाले गर्दैछन् ।



ट्रेन्डिङ