होटलमा मृत अवस्थामा फेला परेका पत्रकारको हत्या भएको हुन सक्ने परिवारको दावी

होटलमा मृत अवस्थामा फेला परेका पत्रकारको हत्या भएको हुन सक्ने परिवारको दावी

नारायणगढ २१ साउन । नारायणगढको एक होटलमा मृत फेला परेका पत्रकार सालिकराम पुडासैनीको हत्या भएको मृतकको परिवारजनले दाबी गरेका छन् । सालिकरामका कान्छो भाई राजु पुडासैनीले आत्महत्या नभई कसैले षड्यन्त्रपूर्वक हत्या गरेको हुन सक्ने बताएका हुन् । उनले भने, ‘एउटा खुट्टा खाटमाथि टेकिएको अवस्थामा रहनु, छेउमा अग्लो टेबुल रहनु र कोठाको भ्mयाल खोलेर बाहिर जाने अवस्था रहनुले पनि हत्या भएको हुन सक्छ ।’
उनले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेका छन् । सत्यतथ्य बाहिर नआउञ्जेल शव नबुझ्ने उनको भनाई छ । उनका अनुसार पारिवारिक रुपमा केही दिनअघि नयाँ काम गर्ने सल्लाह भएको थियो । दाजु सालिकरामले परिवारलाई चितवन जानेबारे केही जानकारी नगराएको उनले बताए ।
माउण्टेन टिभीमा कार्यरत पत्रकार सालिकराम सोमबार राति पोखरा बसपार्कमा रहेको होटल कंगारुको २०२ नम्बर कोठामा मृत फेला परेका थिए । यसैबीच सरकारी वकिलका टोलीहरु समेत घटना स्थल पुगेर मुचुल्का तयार पारेका छन् । पुडासैनीको मृत्यु शंकास्पद देखिएकाले सरकारी वलिकहरुको टोली नै घटना स्थल पुगेका थिए । घटनाको प्रकृतीबारे परिवारजनलाई समेत सुनाएका छन् ।



ट्रेन्डिङ