विप्लव’ समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

विप्लव’ समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकाभित्रबाट प्रतिबन्धित प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौंको बत्तीसपुतलीमा पार्टीको रणनीति बनाउने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेकामध्ये डम्बरबहादुर गुरुङले पार्टीले निष्कासन गरेको भनिए पनि त्यसको आधिकारिक पुष्टि हुन भने सकेको छैन । उमाको हाल पार्टीको हैसियत खुलाइएको छैन । उनी प्रचण्ड माओवादीमा हुँदा पाँच वर्षअघि तमु मुक्ति मोर्चाको केन्द्रीय सदस्य थिइन् ।



ट्रेन्डिङ