मलेसियामा तीजको रमझम सूरु / अगस्ट १८ तारिखमा केलाङमा तीज विशेष कार्यक्रम हुने

मलेसियामा तीजको रमझम सूरु / अगस्ट १८ तारिखमा केलाङमा तीज विशेष कार्यक्रम हुने

आरएन चौधरी थारु
मलेसिया २१ साउन । नेपालीहरुको महानपर्व हरितालिका आउन अझै केहि साता बाँकी छ । तर मलेसियामा भने हरितालिका तीजको रौनकता सुरु भइसकेको छ । हरितालिका तीजको अवसरमा प्रत्येक वर्ष मलेसियामा विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । यो वर्षपनि तीजनको अवसरमा मलेसिया झुम्नेछ । मलेसियामा रहेका नेपाली कलाकारहरु एक हौं ,नेपाली मौलिक गीत संगीतको संरक्षण गरौं, भन्ने मुला नाराको साथ नेपाली कलाकार संघ मलेसियाको आयोजनामा तिज विशेष कार्यक्रम २०१९ हुन गइरहेको छ । नेपाली कलाकार संघले कार्यक्रम आयोजना गर्ने तयारी गर्दै छ । नेपाली गीत संगीतदेखि कलाकारीतालाई संसार सम्म पुर्याउने उद्देश्यले यहाँ रहेका कलाकारहरुको प्रयासमा यो संघ गठन भएको हो । यहाँ रहेका कलाकारहरु आवद्ध यो संघले पहिलो प्रस्तुती स्वरुप तीज विशेष कार्यक्रम आयोजना गर्न लागेको संघका सह सचिव मिखु लोप्चनले जानकारी दिनुभयो ।

आउँदै गरेको अगस्ट महिनाको १८ तारिख आईतवारको दिन केलाङ चौतारी रेष्टुरेन्टमा यो कार्यक्रम हुने छ । कार्यक्रममा उत्कृष्ट प्रस्तुति, कला देखाउने एक एकजना जना डान्सर, गायक, गायिकालाई आयोजकको तर्फबाट मायाको चिनो सहित अवार्ड समेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ । स्थानीय कलाकारको प्रस्तुती संगै टाईगर डान्स टाईगर कमेडी ग्रुपको समेत विशेष प्रस्तुती रहने छ्न ।

पुजा योन्जन र संघको महासचिव डिएस थापा संयोजक रहेको यस् कार्यक्रमलाई साथ दिनेमा कलाकार संघ परिवार संगै फुर्वा दोर्जे मोक्तान तामाङ , राजु क्ष्रेष्ठ , बिष महरा , भेसराज बस्नेत लगायतका कलाकारहरुको प्रस्तुती हुनेछ । तीजको अवसरमा छमछम गर्दै नाचेर रमाइलो गर्दै दर खाने कार्यक्रम समेत रहेको संघका महासचिव डिएस थापाले जानकारी दिनुभयो । कार्यक्रमको अफिसियल न्यूजमा पिविएम न्यूज डटकम रहेको छ । सम्भव भए सम्म यो कार्यक्रमका पिविएम न्यूजको अफिसियल फेसबुक पेजबाट समेत लाईभ ( प्रत्यक्ष ) प्रशारण हुनेछ ।



ट्रेन्डिङ