२५ औं विश्व आदिवासी दिवस मलेसियामा पनि विभिन्न कार्यक्रम गरी मनाउने तयारी

२५ औं विश्व आदिवासी दिवस मलेसियामा पनि विभिन्न कार्यक्रम गरी मनाउने तयारी

आर एन चौधरी थारु
मलेसिया २१ साउन । २५ औं विश्व आदिवासी दिवसको अवसरमा आगामी अष्गष्ट २१ तारीखका दिन नेपाल आदिवासी जनजाति महासघं मलेसियाले पनि विशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेको छ । मलेसिया स्थित नेपाली राजदुतावासको सभाहलमा कार्यक्रम गर्ने आयोजकको तयारी छ । विश्व भर छरिएर रहेका आदिवासी जनजातीहरु एक हौं, अधिकार प्रतिनिधित्व र स्वशासनको लागी आदिवासी जनजातीको अडान, पहिचान सहितको संघियताको लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मुल नाराको साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रममा नेपाली राजदुतावासका प्रतिनिधि यहाँ रहेका विभिन्न जातीय पहिचान बोकेका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिक,ब्यवसायिकहरुको विशेष उपस्थिति रहने छ ।

सो कार्यक्रममा मलेसियामा रहेर समाज र राष्ट्रको लागि योगदान पुर्याउने आदिवासी जनजाती समुदायका खेलाडी , कलाकार, पत्रकार , लेखक तथा साहित्यकार समाजसेवीहरुलाई सम्मान गरिने योजना समेत बनाईएको महासंघ मलेसियाका महासचिव सबिन लोप्चन तामाङले बताए । साथसाथै आदिवासी जनजातिहरुको संस्कार र संस्कृति झल्कने जातिय झाकी,नृत्य पनि प्रस्तुत हुने छ्न ।



ट्रेन्डिङ